काठमाडौं सोमबारदेखि सुरू हुने गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्ताव पेश गर्ने र छलफल हुने निर्णय गरेको हो। अविश्वासको प्रस्तावमाथि मतदान भने बैशाख १५ गते हुने बताइएको छ। अविश्वासको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ।