अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी ...