पाल्पा। कोराना संक्रमणका कारण पाल्पा जिल्लामा हालसम्म ६९ जना संक्रमितको निधन भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। उनका अनुसार जिल्लामा १४ हजार ९१२ जनाको परीक्षण गर्दा ४ हजार ४९३ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये जिल्लामा तीन हजार ७०५ जना संक्रमित निको भएको उनले बताए।