विश्व श्रवण दिवस : यस्ता छन् श्रवण शक्ति कम हुन नदिने उपायहरु

‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ३ का दिन विश्व श्रवण दिवस मनाउने गरिन्छ । बिहीबार विश्वभर विभिन्न कार्यक्रम गरी श्रवण दिवस मनाइँदै छ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । यो दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।