काठमाडौं । हेराल्ड डेभकोपर्स यूआइ भिजुअल कम्युनिटी र हेराल्ड कलेज काठमाडौंका विद्यार्थीको नेतृत्वमा ‘कोड ब्रिस्क ह्याकाथन–२०२३’ सम्पन्न गरिएको छ । कार्यक्रम ३ हजार ४४७ मिटरको उचाइमा रहेको दोलखा कालिञ्चोक कुरी गाउँमा गरिएको हो । कालिञ्चोकको पर्यटन र हस्पिटालिटी क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा १३ कलेजका सहभागीमध्ये उत्कृष्ट ३ समूहले बनाएका अन्वेषण सामग्री छनोट गरिएको थियो ।
हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले परियोजनामा समावेश भएका सम्पूर्ण टिमको प्रयास र समर्पणले कार्यक्रम सफल भएको बताए । हेराल्ड डेभकोपर्सकी प्रमुख सुजाता थापाले आयोजक र उत्कृष्ट टिमको प्रशंसा गर्दै विद्यार्थीको अन्वेषण गर्व गर्न लाएको भएको बताइन् ।
प्रतियोगितामा भिरिन्ची कलेजको ‘टिम एभरेष्ट’ले प्रस्तुत गरेको ‘टाइडी टाउन’ प्रोजेक्ट पुरस्कृत भएको छ । टाइडी टाउनले सेन्सरहरूको प्रयोग गरी फोहोर व्यवस्थापन गर्न सकिने सम्भावनालाई देखाएको छ ।