गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकीका कास्कीका ४, नवलपरासी पूर्वमा १ र स्याङजामा १ सहित ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार पोखरा –८ का ५४ वर्षका पुरुष, पोखरा –२६ का ६० वर्षीय पुरुष, पोखरा –११ का ३८ वर्षका पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठा