सप्तकोशी नदीको पानीबोट प्रयोगबिहिन

भदौ १६, सुनसरी । पर्यटन प्रवर्द्धन गर्न सप्तकोशीमा पानीबोट सञ्चालनका लागि प्रदेश नं १ सरकारले १३ लाख रुपैयाँको लगानीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ लाई पानीबोट दिएको थियो ।  सप्तकोशीमा पानीबोट सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिए पनि अहिले बोट कोशी नदिमा डुब्दै गएको छ । प्रदेश सरकारको अनुदानमा दिइएको उक्त बोट बराहक्षेत्रले दुरुपयोग गरेको छ ।  बराहक्षेत्रले न त पानीबोटको सदुपयोग गर्न सक्यो, न त कुनै लाभ लिन सकेको छ । कोशी डुब्दै गए पनि स्थानीय सरकारले नदेखे झै गरिरहेको छ । पानीबोट अनुदानमा पाएको २ वर्ष बितिसक्यो तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन । स्थानीय सरकारले संरक्षण गर्न नसक्दा मेशिन सहित बोट नै नदीमा डुब्न थालेको छ ।  पानीबोट हस्तान्तरणसँगै सञ्चालनको कार्यविधि बनाएर उपयोग गर्ने भनिएको थियो तर अहिलेसम्म बराहक्षेत्र नगरपालिकाले कार्यविधि बनाउन सकेको छैन । जसका कारण सञ्चालमा आउन नसकेको वडा नं ९ का अध्यक्ष दिपक लिम्बु बताउँछन् ।  लिम्बुका अनुसार पानीबोट कसरी सञ्चालन गर्ने, प्रकृया, सेवा शुल्क, चालकको नियुक्ती नहुँदा सञ्चालनमा आउन नसकेको हो । नगरपालिकालाई पटक पटक जनाकारी र ध्यानआकर्षण गरिरहेको उनले बताए । चाडै नीति नियम र सञ्चालन कार्यविधि बनाएर समितिको मातहमा रहेर सञ्चालमा हुने वडाध्यक्ष लिम्बूले बताए ।  नेपालमै बनेको माउन्ट मकालु नाम गरेको पानीबोटमा ८ जनाको सिट क्षमता रहेको छ । पानीबोट नदीमा डुब्दै गएको छ तर स्थानीय भने अझै पनि कोशीमा असुरक्षित रुपमा डुंगाको माध्यमबाट यात्रा गर्न बाध्य छन् ।  बराहक्षेत्र नगरपालिकामा रहेको नेपालकै सबैभन्दा ठूलो नदि सप्तकोशीमा यात्रुहरु असुरक्षित भएर यात्रा गर्नु उनीहरुको बाध्यता नै छ । हाल बराहक्षेत्र ६ को शिशौली तारघाट र वडा नं ९ को राजाबास तारघाटबाट दैनिक रुपमा सयौ मानिसरु असुरक्षित यात्रा गर्ने गर्छन् । डुंगामा बाहेक अन्य साधनबाट यात्रा गर्नु स्थानीयको विकल्प पनि छैन । बराहक्षेत्र नगरपालिका भित्र पर्ने श्रीलंका टापुका स्थानीयहरु प्रकासपुर, चक्रघट्टि आईपुग्न डुंगा नै प्रयोग गर्नुपर्छ । उनीहरुको विकल्पमा उदयपुरबाट घुमेर कोशी पुल हुँदै आउनु पर्छ जुन खर्चिलो छ ।  टापुका स्थानीय शम्भु चन्द्रवंसीका अनुसार बजार तथा प्रशासनिक कार्यका लागि डुंगानै चढेर चक्रघट्टि प्रकाशपुर आउनु पर्ने बाध्यता छ । नगरपालिकाको केन्द्र, बजार आउने माध्यमको रुपमा रहेको डुंगा बाहेक अन्य विकल्प नभएको स्थानीय रुपचन्द्र चन्द्रवशीले बताए । उनले भने, ‘चक्रघटी, राजावास हाम्रो बजार हो, यहा उत्पादन भएका सामग्री बजारमा सम्म पु¥याएर विक्री गर्न समस्या छ, बिचमा कोशी छ, कोशी तर्न डुंगाको विकल्प छैन जोखिमपूर्ण छ ।’  २०७६ भदौ २१ गते प्रदेश सरकारका तत्कालीन वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री जगदिश प्रसाद कुशियतले औपचारिक रुपमा उक्त बोटको उद्घाटन गरेका थिए । मन्त्रीको उपस्थितिमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिको सहभागितामा वडा नं ९ को कार्यालयलाइ पानीबोट नगरसँग समन्वय गरी कार्यविधि बनाएर सञ्चालन गर्ने सर्तमा हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित सामग्री

चन्द्रनहर भत्किँयो, सप्तकोशी नगरपालिकाका बस्ती डुबानमा

अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताउनुभयो । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ । पूर्वमा सप्तकोशी नदी, […]

सप्तकोशी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

१९ साउन, उदयपुर । सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोशी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले […]

उदयपुरमा सप्तकोशीले कटान गरेपछि सप्तरीमा पनि ‘हाइअलर्ट’

१८ साउन, सप्तरी । उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोशी नदी कटान भएपछि सप्तरीको दुई पालिकामासमेत हाईअलर्ट जारी गरिएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको बताएका छन् । उनका अनुसार सप्तकोशी […]

सप्तकोशी नदी बस्तीमा पसेपछि (फोटोफिचर)

उदयपुरको बेलका नगरपालिका -८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको छ।

सप्तकोशी प्रभावितले गाउँ छाडे, सुरक्षित स्थान खोज्दै

१८ साउन, काठमाडौं । सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको […]

सप्तकोशी  नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

अविरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका नगरपालिका– ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीव्रता दिएका छन् ।नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भा

सप्तकोशी नदी कटानले दर्जनौ बस्ती जोखिममा ४ हजार घर परिवार उच्च जोखिममा

चिलिया टप्पु (उदयपुर) । अबिरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदि तटिय […] The post सप्तकोशी नदी कटानले दर्जनौ बस्ती जोखिममा ४ हजार घर परिवार उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

तस्वीर : सप्तरीमा अवस्थित सप्तकोशी नदी

प्रदेश नं. २, सप्तरी जिल्लामा अवस्थीत सप्तकोशी नदी । अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी र इन्द्रावती यी सातओटा नदी मिसिएकाले सप्तकोशी नामकरण गरिएको हो । तस्वीर : रासस

सप्तकोशी नदी उकासमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा

उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी अन्तर्गत पर्ने नदी उकास जमिनमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा परेको छ।

सप्तकोशी किनारमा रिसोर्ट बन्दै, टापु सफरिङदेखि पारासाइलिङसम्मका सुविधा

५ भदौ, काठमाडौं । कोरोना महामारीबाट पर्यटन क्षेत्र समस्यामा रहेका बेला पूर्वी नेपालको सप्तकोशी नदी किनारमा हिजोआज धमाधम रिसोर्ट निर्माणको काम भइरहेको छ । उदयपुरको बेलका नगरपालिका–८ सोमबारेमा बेलका बीच फार्म हाउसले १० करोड रुपैयाँ भन्दा बढी लगानी गरेर रिसाेर्ट निर्माण गरिरहेको छ । गत वर्षदेखि निर्माण शुरु भएको रिसोर्टको ५० प्रतिशत काम सम्पन्न भइसकेको […]