सिन्धुली, कपिलवस्तु र मोरङमा गरी डुबेर तीन जनाको मृत्यु भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-३ स्थित कमला खोलामा डुबेर सोही ठाउँस्थित कोनही बस्ने ११ वर्षीय एलिस माझीको सोमवार दिउँसो मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उक्त खोलामा डुबेर एलिसको मृत्यु भएको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-६ भिल्मी बस्ने ५६ वर्षीया सुरमती पासीको पोखरीमा डुबेर सोमवार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै सार्वजनिक पोखरीको डिलमा घाँस काट्ने क्रममा पोखरीमा लडेर डुब्दा उनको मृत्यु भएको हो ।
मोरङ, ...