आगामी वर्षका लागि सरकारले उद्योग (उत्पादनशील क्षेत्र) र व्यापार (अनुत्पादनशील क्षेत्र) मा फरक–फरक ब्याजदरको नीति अंगीकार गरेको छ । सस्तो ब्याजदर भएकै कारण अनुत्पादक क्षेत्रमा धेरै कर्जा प्रवाह भएको अनुमानका आधारमा सरकारले यस्तो नीति अवलम्बन गरेको छ । ‘वित्तीय क्षेत्रमा उपलब्ध स्रोत साधनलाई उत्पादनशील एवं राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिनेछ,’ अर्थमन्त्री जनार्दन शर्माले भने, ‘उत्पादनशील र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गर्ने नीति लिइनेछ ।’