सुर्खेत : कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा सरकारले सुपथ मूल्य पसल स्थापना गरेको छैन। सुविधासम्पन्न, ठूला शहरमा मात्र सुपथ मूल्य पसल स्थापना गरे पनि पछाडि परेका ठाउँमा सरकारले बेवास्ता गर्दै सुपथ मूल्य पसल स्थापना नगरेको हो।कर्णालीका जाजरकोट, डोल्पा‚ हुम्ला, मुगुलगायत पछाडि परेका जिल्लावासीलाई सुपथ मूल्य पसलबारे कुनै जानकारी नै छैन। जहाँ जहाँ सजिलो र बाक्लो जनघनत्व भएका ठाउँ छ, त्यहाँ मात्र सरकारले यस्ता खालका पसलहरू स्थापनामा जोड दिँदै आएको छ।खाद्यान्न पा