नेकपा माओवादीले आफ्नो घोषणापत्रमा आगामी ५ वर्षभित्र २० लाख युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना राखेको छ । सरकारी र निजी क्षेत्रका निकायसँग समन्वय गरी अधिकारसम्पन्न राष्ट्रिय रोजगार प्राधिकरण स्थापना गर्ने, स्वरोजगार कार्यक्रम संचालन गर्ने हालका सबै संरचनालाई यसै प्राधिकरणमा समाहित गरिने घोषणापत्रमा उल्लेख छ ।