बेलायती प्रधानमन्त्रीविरुद्ध दलभित्रै विश्वासकाे मत परीक्षण हुँदै, बहुमत नल्याए पदबाट हट्ने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध आफ्नै दलभित्र विश्वासकाे मत परीक्षण हुने भएको छ । आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिन लाग्नुभएको हो । कन्जरभेटिभ पार्टीमा नेतृत्व परिवर्तनका लागि कम्तीमा १५ प्रतिशत सांसदले प्रधानमन्त्रीप्रति विश्वास छैन भन्दै अध्यक्षलाई पत्र बुझाएर माग गर्नुपर्छ । कन्जरभेटिभ पार्टीमा तीन सय ५९ जना सांसद छन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई बुझाइएको छ । विश्वासको मतका लागि बेलायती स...