१९ असोज, काठमाडौं । धादिङका नरनाथ गौतमले फुटपाथमा व्यापार गर्न लागेको ९ वर्ष भयो । सुन्धारा अगाडि फुटपाथमा टिसर्ट-पाइन्टको व्यापार गर्ने उनले पछिल्ला महिनाहरूमा जस्तो सकस कहिल्यै भोग्नु परेको थिएन । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि उनको दैनिकी भागदौडमै बित्यो । ‘नगर प्रहरी आयो भनेपछि फिजाएर राखेको सामान गुटुमुटु पारेर भाग्नुपथ्र्यो, खुट्टै ढोग्छु, […]