बागमतीमा कार्यकर्ता पोस्न बजेट ल्याइएको प्रतिपक्षीको आरोप

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरेको बजेट लक्ष्य हासिल गर्ने खालको नभएको प्रतिपक्षले आरोप लगाएको छ।आर्थिक मामिला तथा योजाना मन्त्री कैलाश ढुंगेलले मंगलबार प्रदेश सभामा बजेट पेस गरेका हुन्। चालू तर्फ ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजिगत तर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ विनियोजन भएको छ। त्यस्तैगरी वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत अर्था दुई अर्ब विनियोजन गरेको छ। प्रतिपक्षीहरूले प्र