अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा सम्पन्न, १०६१ मेवाको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने

असोज १९, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १२ औं र १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा मंगलवार काठमाडौंस्थित दरबारमार्गमा सम्पन्न भएको हो ।सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभामा  कम्पनीका अध्यक्ष कुलमान घिसिङले स्वदेशी लगानीमा अपर तामाकोशीकोनिर्माण सफल भएसँगै कम्पनीले १ हजार ६१ मेगावाट(मेवा)  क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने बताएका छन् ।  उनले कम्पनीको आम्दानीले नेपालकै सबैभन्दा ठूलो आयोजना निर्माणको लागि प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिएका छन् ।  सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय अनुसार आव २०७५/ ७६ मा आर्थिक सहयोग उपलब्ध गराएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।