नेसन्स लिग : नेदरल्याण्ड र क्रोएसिया फाइनल्स फोरमा

काठमाडौं : नेदरल्यान्ड्स र क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स फोरमा  प्रवेश गरेका छन्।समूह चरण अन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सले बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फाइनल्स फोरमा स्थान बनाएको हो।  नेदरल्यान्ड्सलाई जित दिलाउन भिर्गिल भान डाइकले निर्णायक गोल गरे।खेलको ७३ औं मिनेटमा डाइकले निर्णायक गोल गरेका हुन्। यस जितसँगै नेदरल्यान्ड्सले १५ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ। लिग ए समूह ४ को नेदरल्यान्ड्सले ६ खेलमा १६ अंक

सम्बन्धित सामग्री

नेसन्स लिग : सेमिफाइनलमा क्रोएसिया-नेदरल्याण्ड तथा इटाली र स्पेन आमनेसामने

काठमाडौं : यूईएफए नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ।  युरोपियन फुटबल महासंघ यूएफाको मुख्यालय स्वीटजरल्यान्डमा भएको ‘ड्र’ मा  कतार विश्वकपमा तेस्रो भएको क्रोएसियाले नेदरल्याण्डसँग भिड्ने छ।  गत नोभेम्बर–डिसेम्बरमा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो। तेस्रो स्थानको प्ले अफमा लुका मोड्रिचको टिमले मरोक्कोलाई पराजित गरेको थियो।  अर्को सेमिफाइनलमा स्पेन र इटाली आमने सामने हुनेछन्। स्पेनले सन् २०२१ मा इटालीलाई २–१ गोलले पराजित ग...

यूईएफए नेसन्स लिगः नेदरल्याण्ड विजयी

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई २-० गोलले पराजित गर्न सफल भएको छ । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र स्टेभेन बर्गवाइनले एक एक गोल गरे ।

नेसन्स लिगका लागि नेदरल्याण्ड फुटबल टोलीको घोषणा

एजेन्सी । नेदरल्याण्डले नेसन्स लिग खेल्ने २३ सदस्सीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार