म्याग्दी : जिल्लाको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले हाई अल्टीच्युड खेलमैदान निर्माण गरिने भएको छ।जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टीच्युड खेलमैदान निर्माण गर्न मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।टोड्केबाट आँखै अगाडी धौलागिरी, अन्नपूर्ण,निलगिरि सहित दर्जनबढी हिमश्रृंखला देख्न सकिन्छ। हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर