वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् । योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन् ।प्रदेशसभा ‘क’ तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष गरी जम्मा ६३ हजार ५७५ मतदाता छन् । त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरी जम्मा ६९ हजार ९८४ मतदाता रहेका छन् ।