सिजीको ‘नयाँ वर्षको उमंग, मनाऔं बेकोसँग’ अफर

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ वर्षको उमंग, मनाऔं बेकोसँग’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरीदमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ, जसअनुसार वासिङ मेशिन र वासर ड्रायरको खरीदमा ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर पाइने बताइएको छ । साथै डिसवासरको खरीदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट, सिंगल डोर रेफ्रिजेरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजेरेटरमा एअर फ्राएर उपहार पाइने कम्पनीले जानकारी दिएको छ । त्यस्तै कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन)को खरीदमा फ्राई प्यान र एयर कन्डिसनरको खरीदमा रू. ४ हजार बराबरको फ्री इन्स्टलेसन सुविधा पाइने बताइएको छ । बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।