विश्वव्यापी रूपमा रातो सूचीमा रहेको पानी गौँथली चरा कैलालीमा साढे तीन हजारभन्दा बढी सङ्ख्यामा फेला परेका छन् ।
कैलारी गाउँपालिका–४ भितरियास्थित मोहना नदीको बगरमा सो चरा फेला परेका हुन । एकै ठाउँमा तीन हजार ५६४ पानी गौँथली अभिलेख गरिएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । ‘एकै ठाउँमा धेरै सङ्ख्यामा पानी गौँथली भेटिएको यो नेपालमै पहिलो रेकर्ड हो’, उहाँले भन्नुभयो ।
नेपालमा पहिलो पटक काठमाण्डौं उपत्यकामा पानी गौँथली अभिलेख गरिएको थियो । १९ औँ शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौँथली अभिलेख गर्नु भएको हो । सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए ।