कुखुरा पालनमा रमाउँदै जुम्लाका युवा

तातोपानी गाउँपालिका २ जर्मी गाउँका लालचन्द्र चनारालाई कतारबाट फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर रोजगारीका लागि उडेका चनाराले झण्डै ३ वर्ष कतारको तातो घाममा बिताए । तीन वर्षमा स्वदेश फर्किसकेपछि गाउँमै कुखुरा पाल्न थालेका चनाराले राम्रै कमाइ गरेका छन् । स्वदेश फर्किएको केही समयपछि उनलाई फेरि विदेश जान मन लागेको थियो । तर उनले परिवारसँगै बसेर गाउामै कुखुरा पालन व्यवसाय गर्न थालेपछि राम्रै आम्दानी हुन थालेको बताए । ‘अब विदेश जानु पर्दैन’ उनले भने, ‘घर परवारसँगै बसेर विदेशमा जस्तै कमाइ गर्न सकिन्छ ।’ रमिला पोल्टी फर्म दर्ता गरेर व्यवसाय थालेका चनाराले अहिले मासिक ५० हजार रुपैयाँ कमाइ हुने गरेको बताए ।