काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले उनको राजीनामा आज स्वीकृत गरेको जानकारी दिए ।