सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुने भएको छ । सहमतिमा फागुन २० गते शुक्रबार हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको हो । जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।