एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आजको बैठकमा विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल हुने

नेकपा (एमाले)केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए ।

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । बुधबार सुरू भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ । बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए । बैठकमा प्रदेश […]

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को जारी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय चुनावको घोषणापत्रको बारेमा छलफल हुने जनाइएको छ । आज घोषणापत्रमा समावेश गर्ने एजेण्डा र निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे छलफल हुनेछ ।

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।