राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको महिला र पुरुषबिचको असमान शक्ति संरचना रहेसम्म महिला हिंसा कम गर्न कठिन हुने बताएका छन् । उनले महिलाविरुद्व हुने हिंसाको अन्त्य गर्न सरकारले कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।