सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर प्रदेशसभा बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशको बजेट माथिको छलफल रोकिएको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनजना सांसदहरु फिर्ता नआएको भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ। आइतबार पनि सदन अवरुद्ध भएको हो। आ.व. २०७८–७९ को बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भएपनि निरन्तर अवरोधले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन।