जुम्लामा हचुवाकै भरमा सिँचाइ योजना

सिँचाइ कुलो निर्माणका लागि जुम्लामा वर्षेनि करोडौ बजेट विनियोजन हुने गरेको छ । बाँझो जग्गामा सिँचाइ गर्न, उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ जुम्लामा कृषि विकास कार्यालय र सिँचाइ तथा उर्जा विकास कार्यालयमा सिँचाइ विकास भनेर करोडौं बजेट आइरहेको छ । तर हालसम्म उपलब्धी शुन्य जस्तै छ । सिँचाइ कुलो निर्माणमा करोडौं खर्च गर्ने सिँचाई तथा […]

सम्बन्धित सामग्री

बाँझो जमिन बन्यो हराभरा

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ मा लुङ्दीखोला भेडावारी–दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएको छ । पाँच वर्षअघि मिलनचोक–सल्यान, घायखेत–धारापानी–ठोटनेरी सडक विस्तारका क्रममा पहिरोले सिँचाइ कुलोमा क्षति पु¥याएपछि यस क्षेत्रका किसानले आकासेपानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा कमी आएको थियो ।

नौगाउँ डुङरी सिँचाइ योजना अलपत्र

देश सङ्घीयतामा जानुअघि नै गाउँमा सुरु भएको सिँचाइ योजनाले खुसी भएका नौगाउँ डुङरीवासी योजना सम्पन्न नहुँदा निराश भएका छन् । भागेश्वर गाउँपालिका–४, नौगाउँ डुङरीको हजारौँ रोपनी जमिनमा सिँचाइको व्यवस्था पु¥याउन सो योजना सुरु गरिएको थियो । आकासे पानीको भरमा खेती गरिँदै आएको स्थानमा सिँचाइ सुविधा पु¥याउन २०७२/७३ सालमा तीन करोड रकम विनियोजन भई उक्त योजना निर्माणका लागि ठेक्का लगाइएको थियो । योजना सम्पन्न नहुँदै अलपत्र पारिएपछि जमिन बाँझो हुँदै गएको छ । बस्ती रित्तिँदै गएका छन् । दुई वर्षमा काम सम्पन्न गर्ने भनिएको ठेक्का आठ वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

महाकालीको पानी, डाँडाको खेत ,नेपाल–भारतका जनप्रतिनिधिद्वारा रोपाइँ

नेपाल–भारतका स्थानीय तहका जनप्रतिनिधिले संयुक्त रूपमा साउन १५ को अवसरमा खीर खाएर बैतडीको तिरखडेनीमा संयुक्त रोपाइँ गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीमा महाकाली नदीको पानी लिफ्ट गरेर सिँचाइ सुविधा पुगेपछि मकै भाँचेर पहिलो पटक गाउँमा रोपाइँ भएको हो । रोपाइँ कार्यक्रममा बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्द र भारतको पिथौरागढ जिल्लाको बलतडी ग्राम सभाका सभापति गोपी राम, सदस्य उमेशचन्द्र भट्टलगायत बैतडीको तिरखडेनीमा रोपाइँ विशेष कार्यक्रममा सहभागी हुनुभएको थियो । छेउमै महाकाली बगे पनि सदियौँदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका तिरखडेनीवासीले पहिलो पटक महाकालीको पानीबाट रोपाइँ गर्न पाएकामा बाजागाजासहित नेपाल–भारतका स्थानीय तहका जनप्रतिनिधि र लिफ्ट सिँचाइ योजना निर्माण गर्ने संस्थाका पदाधिकारीलाई स्वागत गरेका थिए ।

सिँचाइ अभावले खेतीयोग्य जमिन बाझो

नवदुर्गा गाउँपालिका–४ गिल्लामा सिँचाइ नहुँदा १ सय ६५ हेक्टर खेतीयोग्य जमिनमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । करिब २०४५ सालमा गिल्ला सिँचाइ योजना निर्माण गर्नका लागि मष्टामाण्डौंको सकायल खोलाबाट नहर निर्माण थालनी गरे पनि उक्त योजना निर्माण हुन सकेन ।