सर्लाही २ मा राजेन्द्र-महिन्द्रको कडा टक्कर

सर्लाही : प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही २ को मतगणनामा मधेश प्रदेशका चर्चित नेताद्वय राजेन्द्र महतो र महिन्द्र राय यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।एउटै सत्ता गठबन्धनमै भए पनि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी दोस्रोपटक चुनावी मैदानमा भिडेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जारी मतगणनामा पटक–पटक एकले अर्काेलाई उछिनिरहेका छन्। ५ दिनअघिबाट शुरु भएको मतगणनाका क्रममा यादवले निरन्तर अग्रता लिइरहेका थिए भने