‘किङ अफ रक एण्ड रोल’ मानिने अमेरिकी गायक एल्भिस प्रेस्लीकी छोरी लिसा मेरी प्रेस्लीको बिहीबार (स्थानीय समयअनुसार) मृत्यु भएको छ।उनकी आमा प्रिसिला प्रेस्लीले विज्ञप्ति जारी गरि छोरीको मृत्यु भएको जानकारी दिएकी हुन्। गायिका लिसा ५४ वर्षकी थिइन्।हलिउडको मनोरञ्जनसम्बन्धी वेबसाइट टिएमजेले लस एन्जलसको बाहिरी नगरक्षेत्र कालाबासासस्थित आफ्नै घरमा लिसालाई हृदयाघात भएको जनाएको छ।हृदयाघात हुनासाथै उनलाई अस्पताल लगिएको र उनको मृत्यु भएको उनकी आमा प्रिसिलाले विज्ञप्तिमा उल्लेख गरेकी छन्। लिसा