काठमाडौं : छिमेकी देश भारत र चीनका केही राज्यमा कोभिड-१९ संक्रमण पुन: बढ्न थालेपछि सरकारले सीमा नाकामा थप सतर्कता अपनाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।बिहिबार मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कोरोना संक्रमण भारत लगायतका छिमेकी देशमा पुनः बढ्न थालेको भन्दै नेपालमा पनि सचेत हुन आवश्यक रहेको बताइन्। उनले कोरोना संक्रमण कम भएको भए पनि जोखिम कायम नै रहेकाले अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, दूरी कायम गर्न