नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले आर्थिक वर्ष ०७६÷७७ मा इन्टरनेट सेवाको तुलनामा भ्वाइसबाट तेब्बर बढी आम्दानी गरेको छ । कम्पनीले इन्टरनेट सेवाबाट ८ अर्ब २१ करोड आम्दानी गरेकोमा भ्वाइस सेवाबाट भने २५ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले डेटा सेवालाई आफ्नो आयको मुख्य स्रोत बनाउने भने पनि अझ केही वर्ष भ्वाइस सेवाले ‘लिड’ गर्ने देखिएको छ ।
कम्पनीको आव ०७६-७७ को वार्षिक प्रतिवेदन अनुसार कुल ४२ अर्ब ९९ करोड आम्दानी गरेकोमा ९ अर्ब ७५ करोड नाफा गरेको थियो । भ्वाइस सेवातर्फ २ करोड ग्राहक छन, जसमध्ये मोब...