तथ्यांकोवाच : रू. ९० लाख बराबरको धातु काट्ने औजार आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ९० लाख बराबरको धातु काट्ने औजार आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा    धातु काट्ने औजारको आयातमा औसत वार्षिक वृद्धिदर २७ दशमलव ११ प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा धातु काट्ने औजारको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षमा धातु काट्ने औजारको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र धातु काट्ने औजार उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले धातु काट्ने औजार स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।