थप जारी गरिएको एक साता निषेधाज्ञामा काठमाडौं उपत्यका भित्र किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने भएको छ ।
आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको वैठकले उक्त निर्णय गरेको हो ।
यसै गरि निजी तथा सार्वजनिक निर्माणका काम पनि बन्द गर्ने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।