निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ भाउ घटाएको हो।अब पेट्रोल १ सय ७५, डिजेल र मट्टितेल १७२ रूपैयाँ कायम भएको निगमले जनाएको छ। एलपिजी ग्यासको मूल्य भने यथावत् राखेको पनि निगमको विज्ञप्तिमा उल्लेख छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।