२२ अर्ब ८२ करोड ऋण सहयोग

विश्व बैंकले ८६ हजार थप घर पुनर्निर्माण गर्न ऋण सहयोग प्रदान गरेको छ । विश्व बैंकले नेपालका लागि २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहायता प्रदान गरेको हो । बिहिबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंक नेपालका राष्ट्रिय प्रबन्धक फेरिस हदाद–जर्भोसले उक्त सम्झदारी पत्रमा हस्ताक्षर गरेका छन् ।