मानसिक रुपमा स्वस्थ रहन चाडपर्वले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले, मानिसहरुले आफ्नो जीवन सहज बनाउन विभिन्न चाडपर्वहरुको सुरुवात गरेका होलान् । जातजातिअनुसार विभिन्न चाडपर्वहरु मनाइने गरिन्छ । यही क्रममा नेवार समुदायले मनाउने पर्व यःमरि पुन्हि (पूर्णिमा)को बारेमा छोटो चर्चा गरिन्छ ।नेवार समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेष गरी धर्ति माता भनिने अन्नपूर्ण माताको पूजा गरिन्छ । त्यसैले, उनलाई खुसी पार्न मिठाई स्वरुपमा यःमरि बनाउने गरिन्छ भन्ने मान्यता प