दशैँ, तिहार, छठ तथा अनेकौँ चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर अस्पताल पु¥याउँछ । चाडपर्वको बेला खानेकुरामै बढी ध्यान केन्द्रित गरेर जीवनशैलीमा ध्यान दिनुपर्छ । बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभर नै हामी अब अर्काे पटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौँ । अस्वस्थकर, तयारी वा जङ्क खाना र खाजा नै प्राथमिकतामा पर्दछन् । भोजमा राखिने खानेकुरा तथा जङ्क खानामा प्रशस्त चिल्लो, पिरो र नुन बढी हुन्छ । भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र अर्को दिन खाने गर्दा विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता रोग लाग्ने गर्छन् । ट्राइग्लिसिराइड, युरिक एसिड, मधुमेह, उच्च रक्तचाप, मोटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्यता ३० देखि ५० प्रतिशत माथि गएको हुन्छ । जसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ ।