बलिउड नायिका प्रियंका चोपडा कार्यक्रम ‘द एक्टिभिस्ट’ को हिस्सा बनेका कारण ट्रोल भएकी छिन् । ग्लोबल सिटिजनको शोमा विवाद बढ्दै गएपछि नायिकाले सोसल मिडियामा एउटा लामो पोस्ट सेयर गरेर माफी मागेकी छिन् । प्रियंका चोपडाले यो शोको हिस्सा बनेकोमा माफी मागेकी छिन् ।प्रियंका चोपडाले के भनिन् ?नायिकाले लेखिन्, ‘म अघिल्लो हप्ता तपाईंको आवाजको शक्ति देखेर प्रभावित भएकी छु । एक्टिभिजमले सधैं यसैका कारण र प्रभावले शक्ति पाएको छ र अब मानिसहरु एकजुट भएर कुनै मुद्दाको विषयमा आफ्नो आवाज उठाउँछन्