राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् ।
रुपन्देही । सत्ता गठबन्धन ५ दलीय मोर्चामा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् । विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनको तर्क छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा सुरु […]