काठमाडौं । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित भएको जनाएका छन् । संघीय निजामती ऐन जारी गर्न माग राख्दै आन्दोलित कर्मचारी संगठनहरुले सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका हुन् । सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा वार्ता समिति गठन गरी वार्ता अगाडि बढाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ । […]