पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४५ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।सङ्क्रमित हुनेमा कास्कीका ११, तनहुँ १, पर्वतका १, बागलुङका १ र नवलपरासी पूर्वमा २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८८ हजार ५३८ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय २७ रहेको छ ।