महँगो शुल्कविरुद्ध केएमसीका विद्यार्थीको र्याली (फोटो फिचर)

काठमाडौं : चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत पठनपाठन शुल्क तोकेको र छात्रावास ऐच्छिक बनाएको भन्दै काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थी एप्रोनसहित र्‍यालीमा उत्रिएका छन्।पठनपाठनका लागि तोकिएको शुल्क ऐनविपरीत शुल्क लिइएको भन्दै विद्यार्थीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन्।विद्यार्थीले र्‍यालीमा लुटतन्‍त्र बन्द गर, विद्यार्थीको भविष्‍य सुनिश्चित गर, अतिरिक्त शुल्क खारेज गर् आदि जस्ता नारा लेखिएका प्लेकार्ड बोके