चीनको भ्रमणमा रहेका एक वरिष्ठ रुसी सुरक्षा अधिकारीले बेइजिङसँगको सम्बन्धलाई सबल बनाउनुलाई क्रेमलिनले उच्च नीतिगत उदेश्य बनाउने बताएका छन् । नेशनल सेकुरिटी काउन्सिलका सचिव निकोलाई पत्रुशेभले ‘बेइजिङसँग वृहत्तर साझेदारी तथा रणनीतिक सहकार्य मजबुद बनाउने रुसको विदेश नीतिको प्राथमिकता रहेको’ बताए । काउन्सिलको अध्यक्षता रुसी राष्ट्रपति पुटिन स्वयमले गर्छन् र पत्रुशेभ पुटिनको विश्वसनीय अधिकारी मानिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका शिर्ष अधिकारी गुओ शेङकुनसँगको भेटवार्तामा ब