बजेटमा सुदूरपश्चिम : अधुरा र शुरु नभएका योजनालाई निरन्तरता

संघिय सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिम प्रदेशमा अधुरा र शुरु हुन नसकेका योजनाहरुलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री जनार्दन शमाले आइतबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेशमा अधुरा रहेका र हरेक वर्ष बजेटमा घोषणा हुने तर, कार्यान्वयन नभएका योजनाहरुले नै निरन्तरता पाएको हो ।अर्थमन्त्री शर्माले धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने बताए । उनले भने –‘विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीय स्तर