२० फागुन, काठमाडौं । संघीय निजामती सेवा विधेयकले अन्तिम रुप पाएको छ । मन्त्रिपरिषदबाट पास भएको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार अहिले विधेयक संसदमा पठाउनुअघि विधेयक ल्याउनुको उद्देश्य, कारण र प्रस्तवना लेख्ने काम भइरहेको छ । ‘भोलि विहानसम्म संसदमा विधेयक दर्ता हुन्छ,’ ती अधिकारीले भने । […]