विधानविपरीत काम गरेको भन्दै गिरी र तिवारीलाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिलनाथ गिरी र श्याम तिवारीलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधकार बसेको कार्यसम्पादन समितिको बैठकले गिरी र तिवारी दुवैलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।  राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहा...