काठमाडौं : तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासी जातिहरूले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन्। तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ।जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल शिरुवा, २ गते काद शिरुवा र ३ गते रंग शिरुवा खेल्ने गरिन्छ। बिहीबार काठमाडौंस्थित खुलामञ्चमा हिलो छ्यापाछ्याप गरेर शिरुवा पर्व मनाएका छन्। केही तस्वीर झलक :