भरतपुरमा रेनुले २७८ ल्याउँदा विजयको २५८

भरतपुर- भरतपुर महानगरको पछिल्लो मतगणनाअनुसार गठबन्धन उम्मेदवार माओवादीकी रेनु दाहाल २७८ मतसाथ अगाडि छिन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याएका छन्। ७०० मत गनिसक्दा निवर्तमान मेयर दाहालले अग्रता लिएकी हुन्।