निर्धारित समयभन्दा ३ महिना अघि नै बन्यो पुल, निर्माण कम्पनीलाई पुरस्कृत गर्ने घोषणा

 सम्झौता अवधि सकिनु ३ महिना अगाडि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने पक्की पुल निर्माण निर्धारित समयभन्दा तीन महिना अगाडि सम्पन्न भएको हो ।बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत २०७६ असोज २७ गते सो पुल निर्माणका लागि ललितपुरको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । २१५ मिटर लम्बाइको सो पुल निर्माण