सर्वोच्चमा राणाविरुद्ध न्यायाधीशहरूको अभूतपूर्व एकता– यी हुन् बैठकमा सहभागी १४ न्यायाधीश

सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद जोगाउनका लागि न्यायालयमाथिको संकटलाई विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेका छन् । वर्तमान संकटको कारण अहिलेको न्यायिक नेतृत्व (प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा) नै भएको र उनैले ठोस निकास दिनुपर्ने बैठकको निष्कर्ष रहेको स्रोतले लोकान्तरलाई जानकारी दियो । 'न्यायालयमाथिको विश्वास डगमगाएको, न्यायप्रतिको आस्था धरमराएको बेला यसलाई विषयान्तर गर्न खोजिएको छ,' बैठकको निष्कर्षबारे स्रोतले लोकान्तरसँग भन्यो, 'यसको ठोस निकास न्यायिक नेत...